• २०७६ असोज २ बिहीबार

बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौँ, 

रियल मड्रिड स्पेनिस ला लिगामा रियल भालाडोलिडसँग बराबरीमा रोकिएको छ। रियाल घरेलु मैदानमा रियल भालाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेल पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको थियो। खेलमा रियालले भालाडोलिडलाई दबाबमा राखेपनि आवश्यक गोल गर्न सकेन । ८२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए ।

तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा सर्जी गार्डीओलाले बराबरी गोल फर्काउँदा खेल १–१ गोलको बराबरीमा सकियो । बराबरीसँगै रियाल दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । भालाडोलिड पनि समान दुई खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

रियल म्याड्रिडले अब अर्को खेल भिल्लारियलसँग आगामी आइतबार खेल्ने छ । भल्लाडोलिडले लेभान्टेसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार