• २०७६ मङ्सिर २४ मंगलबार

महेन्द्रराजमार्गको नवलपरासीमा पर्ने अरुणखोला पुलको पर्खाल भाँचियो

पुलको एक भाग दबेका कारण सवारी आवगमनमा समस्या

अति व्यस्त पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित अरुणखोला पुल भाँचिदा आवगमनमा बाधा पुगेको छ । पुलको दाहिने तर्फको फलामेबारमा ट्रक ठोक्किएका कारण भाँचिएको छ भने पुलको पक्कि सडक संरचना केही तल दबेको छ । जिल्ला ट्राफिकका सई राजेन्द्र कार्कीका अनुसार बुधबार बिहान ४ बजे कावासोतीबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएका कारण पुलको दाहिने तर्फको भाग केहि तल भासिएको छ ।

दुर्घटना लगत्तै पुगेको प्रहरीले पूर्वपश्चिम हिँडेका ठुला गाडीलाई त्यहाँबाट गुड्न दिएको छैनन् । ठूला र भारिबोकेका गाडी दौडाउँदा पुल अझै बढी भासिएला भनेर आवगमनमा रोक लगाएको कार्कीले जानकारी दिए । आवगमनमा रोक लगाइएपछि महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सयौं गाडी चोरमारा र अरुणखोलामा जाममा परेका छन् ।

लामोदुरीका बसका यात्रुलाई पैदल हिँडाएर रित्तो गाडी भने संचालन हुन दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । मालवाहक ट्रक भने त्यहाँबाट पास हुन नदिँदा पूर्वपश्चिम हिँडेका मालवाहक गाडी जाममा परेका छन् । साना गाडी र मोटरसाइकल भने बिना रोकटोक संचालन भैरहेको छ ।

सडक डिभिजन कार्यालयलाई पुलको अवस्थाका बारेमा खबर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार