• २०७६ भदौ ७ शनिबार

बैंकमा सिइओको उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, 
सर्वोच्च अदालतले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। उमेरले ६५ वर्ष काटेका व्यक्ति बैंक तथा वित्तीय संस्थामा सीईओ हुन नपाउने राष्ट्र बैंकको व्यवस्था विपरीत सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रको अनुसार प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले जागिर छोड्नु परेको थियो। नियुक्त भएको एक साता नपुग्दै जागिरबाट हात धुनु परेपछि ७४ वर्षीय मानन्धर राष्ट्र बैंकको निर्णयविरूद्ध सर्वोच्च गएका थिए।

‘राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ मा वाणिज्य बैंक तथा वित्तीय संस्थाको काम कारबाही नियमन गर्ने, ऐनले निर्दिष्ट गरेका विषयमा आवश्यक निर्देशन दिने तथा विशेष अवस्थामा प्रयोग हुने अधिकारका सम्वन्धमा उल्लेख भएको देखियो,’ सर्वोच्चको आदेशमा भनिएको छ ‘तथापि सो दफामा बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारीको उमेर हद तोक्न सक्ने अधिकार विपक्षी बैंकलाई प्रदान गरेको देखिएन।’

यस्तै, ७० वर्ष भन्दा मुनिका व्यक्ति मात्र बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘७० वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल रहन सक्ने छैन ।’

यो व्यवस्था राष्ट्र बैंकले प्रस्तावित बाफियामा गरेको छ । बाफिया अहिले स्वीकृतिको क्रममा छ । त्यसअघि नै राष्ट्र बैंकले निर्देशन मार्फत यो व्यवस्था ल्याएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार