• २०७६ भदौ ७ शनिबार

तीन दिनदेखि हराएका उदयपुरका हरि ललितपुरमा मृत फेला

काठमाडौं, 
विगत तीन दिनदेखि हराएका एक युवक ललितपुरको बालकुमारीस्थित मनोहरा खोलामा मृत भेटिएका छन्।

उदयपुरको कटारी नगरपालिका २ घर भएका अन्दाजी ३२ वर्षीय हरि खड्का मृत फेला परेका प्रहरीले जनाएको छ। उनको शव सड्न थालेको अवस्थामा मनोहरा खोला किनारामा मंगलबार बिहान प्रहरीले फेला पारको हो ।

उनी काठमाडौंमा मूर्ति बनाउने काम गर्थे। उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार