• २०७६ भदौ ८ आइतबार

समाजवादी पार्टीका सांसद यादवले दिए पदबाट राजीनामा

काठमाडौं, 
समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले सांसद् पदबाट राजीनामा दिएका छन् । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद यादवले मंगलबार राजीनामा पत्र बुझाएका हुन् ।

स्वास्थ्यको कारण देखाउँदै यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएका छन्। सभामुखका प्रेस सहयोगी डिल्ली आर्चायका अनुसार स्वास्थ्यले साथ नदिएको राजीनामा पत्रमा उल्लेख छ ।

उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने सभामुखले उक्त पार्टीका नेताहरुसँग सल्लाह गरेर अघि बढ्ने आर्चायले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार