• २०७६ कार्तिक २७ बुधबार

मिस नेपाल नर्थ अमेरिकाको प्रशिक्षण सुरु 

डिसी, 
आगामी अगस्ट १७ का दिन न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का लागि अन्तिम छनौटमा पुगेका प्रतियोगीहरूको प्रशिक्षण अगस्ट १२ देखि न्यूयोर्कमा सुरु भएको छ । 

पूर्व सूचित तालिका अनुसार अगस्ट १२ देखि अगस्ट १६ सम्म १६ जना प्रतियोगीहरूले सहभागी जनाएका छन् । अमेरिकाको ११ वटा राज्य तथा क्यानडा समेत गरेर अन्तिम सूचीमा परेका सबै प्रतियोगीहरू गत अगस्ट ११ का दिन न्यु योर्क आई पुगेका हुन् । 

अन्तिम ९फाइनलिस्ट०मा अमेरिकाका विभिन्न राज्यहरूबाट सहभागिता रहेका मध्ये १७ जना निर्णायक चरणमा पुगेका थिए । तर एक जना प्रतियोगी नेपाल जानु परेकोले मिस नेपाल नर्थ अमेरिका २०१९ को अन्तिम चरणमा केवल १६ जना मात्र प्रतियोगीहरू सहभागी हुने भएका छन् । 

उक्त अन्तिम सूचीमा पुग्ने १७ जना प्रतियोगीहरू मध्येमा १६ जनाहरूमा मिनेसोटाकी आस्मा थापा मगर, भ्यानकुभर क्यानडा कि आस्था पाण्डे, मिनेसोटाकी एन्जिला अधिकारी, ओहायो की विष्णु मिश्रा, भर्जिनिया कि गरिमा पौडेल, म्यासाचुसेट्सकी कृति केसी, न्यूयोर्ककी मनिषा रोका, क्यालिफोर्नियाकी ओशिन रायमाझी, ओकल्हामाकी राजश्री आचार्य, न्यु योर्ककी रेबिका श्रेष्ठ, क्यालिफोर्नियाकी रिस्ता शाह, ईडाहोकी सबिना पौडेल, मेरिल्याण्डकि शिक्षा घिमिरे, न्यु योर्क की सोनी खनाल, पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेलले पहिलो दिन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् । 

सहभागीहरूले निकै उत्साहित भएको ईनेप्लिजलाई बताएका छन् । यसको लागि गत अगस्ट १० मा २०१० कि नेपाल सुन्दरी ९मिस नेपाल २०१० ०सदिक्षा श्रेष्ठ न्यु योर्क आएर प्रतियोगीहरुलाई तालिम दिएकी हुन् । श्रेष्ठले आधिकारिक कोरियोग्राफर (नृत्य निर्देशन र सम्पूर्ण अन्य क्रियाकलाप) को भूमिका निर्वाह गर्ने छिन । उनले सबै १६ जना प्रतियोगी होनहार र प्रतिभाशाली रहेको बताइन । 

मिस नेपाल नर्थ अमेरिका २०१९ (उत्तर अमेरिका नेपाल सुन्दरी) को लागि कूल ३३ जनाले निवेदन दिएका थिए । मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा आधिकारिक सहभागी मेन्टर (परामर्शदाता) को रूपमा हुने छिन । उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले प्रस्तुत गर्ने कार्यक्रम मेल रोज बलरुममा हुने भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार