• २०७६ कार्तिक २७ बुधबार

ट्रम्प प्रशासनले ल्यायो नयाँ नियम, भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ

अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गरेको छ ।

आप्रवासीका मामलामा सुरुदेखि नै कठोर बन्दै आएको ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेको हो । यसबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित भएका बीबीसीले जनाएको छ । त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ ।

ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै अब ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको बताएका छन् ।

अमेरिकी नागरिकता तथा आप्रवासी सेवा विभागका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले ग्रीनकार्डका लागि आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने बताए । 'पब्लिक चार्ज रुल' नामक नियम सोमवार सङ्घीय रजिस्टरमा प्रकाशित भएको थियो । यो नियम अक्टोबर १५ देखि लागु हुने ह्वाइट हाउसले जनाएको छ ।

यस नियमले यसअघि नै अमेरिकामा रहेका र शरणार्थी शिविरमा बसेका आप्रवासीलाई भन्दा नयाँ अमेरिकी भिसा र ग्रीन कार्ड लिन चाहेका व्यक्तिलाई असर गर्ने बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार