• २०७६ भदौ ७ शनिबार

कतारमा एक नेपालीको पौडी खेल्ने क्रममा ज्यान गयो

फाइल तस्बीर

वैदेशिक रोजगारीका लागी कतार गएका एक नेपालीको डुबेर मृत्यु भएको छ । विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर मृत्यु भएको हो । 

कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय थिए ।

उनको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीन मगरले शोक वक्तव्य जारी गरदै चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार