• २०७६ मङ्सिर २१ शनिबार

‘एन्टी हिरो’ मा छोरा अनमोलको भिलेन बन्दैछन् नायक भुवन

काठमाडौं, 
नायक अनमोल केसीले नयाँ चलचित्र ‘एन्टी हिरो’ मा अभिनय गर्ने भएका छन् । केही समय विश्राम लिएका केसीले अब यो फिल्ममा अभिनय गर्ने भएका हुन् ।

दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रको नाम आजै मात्र चलचित्र विकास बोर्डमा दर्ता गरिएको हो । चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ । फिल्मको निर्माण भुवन केसीले गर्नेछन् । यस फिल्ममा अनमोल सकारात्मक अर्थात् हिरोको भूमिकामा देखिनेछन् । भुवन भने नकारात्मक (भिलेन) भूमिकामा प्रस्तुत हुनेछन् । यसका लागि केही महिनादेखि भुवनले दाह्री बढाइरहेका छन् ।

एफडी कम्पनीले वितरण गर्ने फिल्मका लागि अहिले निर्देशकको खोजी भइरहेको छ । निर्देशकमा प्रदीप भट्टराईको नाम चर्चामा छ । चलचित्रका लागि अन्य टिम फाइनल गरिएको छैन । चलचित्रका निर्देशक, नायिका केही दिनमै सार्वजनिक गर्ने निर्माता केसीले बताए ।
 
एक्सन-लभस्टोरी बताइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा अनमोल एक्सन अवतारमा प्रस्तुत हुनेछन् । साथै, चकलेटी भूमिकामा पनि उनी देखिनेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार