• २०७६ कार्तिक २७ बुधबार

कराँते विश्व च्याम्पियनसिपमा नेपाललाई ४ वटा पदक 

यही अगस्ट ९ देखि ११ सम्म जापानको ओकिनावामा सम्पन्न कोशिकी कराँतेको विश्व महासम्मेलन एवं विश्व च्याम्पियनसिपमा नेपालका खेलाडीले चार पदक प्राप्त गर्न सफल गरेका छन् ।

१८ देश का १५० बढी खेलाडी एवं प्रशिक्षक सहभागी उक्त प्रतियोगितामा नेपालका तर्फबाट, नेपाल कोशिकी कराँतेका अध्यक्ष एवं प्रशिक्षक कृष्ण प्रसाद कँडेलको नेतृत्वमा ९ जनाको टोलीले सहभागिता जनाएको थियो ।

जसमध्ये जुनियर पुरुष काता प्रतिस्पर्धामा नेपालका साहिल कँडेलले क्यानडाका खेलाडीलाई १७ अङ्कले पछि पार्दै दोस्रो हुन सफल भए भने प्रथम स्थान पनि क्यानडाका खेलाडी नै भएका थिए ।

त्यसैगरि जुनियर पुरुष  यु १७ को प्रतिस्पर्धाको सेमिफाइनलमा नेपालका सुगम गुरुङले क्यानडाका नोहा मेहरिलाई हराउँदै दोस्रो स्थान प्राप्त गरे । उनले फाइनल खेलमा क्यानडाका सोलोमोन ज्याकमेनसंग २ अङ्कको फरकमा हार बेहोरेका थिए ।

सोही खेलमा अस्ट्रेलियाका खेलाडीलाई हराउँदै  सेमिफाइनल प्रवेश गरेका नेपालका अमृत के सी ले पनि क्यानडा कै खेलाडी विल क्रीप्प्ससंग झिनो अङ्कले हार्दै तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसै गरी पुरुष सिनियर लाइट वेट प्रतिस्पर्धामा नेपालका कृष्ण प्रसाद कँडेलले अस्ट्रेलियाका खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए । उनले जापानका खेलाडीसँग १ अङ्कले पराजित हुँदै तेस्रो स्थान प्राप्त गरे । उक्त खेलमा अमेरिकाका ब्रुस्ली वाल्कर प्रथम भएका छन् ।

नेपालको ग्रामीण क्षेत्र बागलुङबाट सहभागी सबै खेलाडी अपर्याप्त पूर्वाधार साथै जुनियर प्रतिस्पर्धामा उमेर लाई मात्र आधार मान्दा आफू भन्दा धेरै ठुला तौलका खेलाडीसँग प्रतिस्पर्धा गर्नु पर्दा अपेक्षित नतिजा प्राप्त गर्न नसकिएको, नेपाली टिमका प्रमुख कृष्ण प्रसाद कँडेलले जानकारी गराए । जम्मा ५ वटा विधामा सञ्चालन गरिएको उक्त प्रतियोगितामा प्रथम अस्ट्रेलिया भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार