• २०७६ भदौ ७ शनिबार

काँग्रेसद्वारा अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्देशिका पारित

काठमाडौँ, 
नेपाली काँग्रेसले भदौ २० गतेभित्र अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्देशिका पारित गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ २० गतेसम्म स्थानीय निकाय र क्षेत्रीय तहमा संरचना बनाउने उल्लेख गरिएको निर्देशिका पारित गरेको हो ।

काँग्रेसका हालका पदाधिकारी र पूर्वपदाधिकारीबिच सहमतिमा उक्त निर्देशिका ल्याइएको थियो । उक्त निर्देशिकामा काँग्रेसले सङ्घीय संरचना बनाउनका लागि समायोजन नभएका वडा, गाउँपालिका र क्षेत्रमा साबिककै संरचनालाई कायम राख्ने उल्लेख गरिएको छ । पहिलाको गाविसलाई अहिले वडामा गाभिएको र त्यसको सभापति साबिककै हुने व्यवस्था भएको काँग्रेस सहमहामन्त्री प्रकाश शरण महत्तले जानकारी दिनुभयो ।

पारित भएको निर्देशिकाले क्षेत्रीय कार्यसमितिमा पनि पुरानै संरचना रहने व्यवस्था राखेको पनि महत्तले बताए । केन्द्रीय समितिले पारित गरेको उक्त निर्देशिका १४ औँ महाधिवेशनबाट पारित गराउने सर्वसम्मतिबाट निर्णय भएको उहाँले जानकारी दिनुभयो । काँग्रेस केन्द्रीय समितिको अर्को बैठक २९ गते बस्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार