• २०७६ भदौ ८ आइतबार

फेक फलोअर्स लिस्टमा दीपिका र प्रियंका टप टेनमा

काठमाडौं, 
अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको बलिउड र हलिउड दुवैतिर चर्चा हुन्छ । दुवैका संसारभर कैयौं फ्यान छन् । तर यी दुवै नायिको सामाजिक सञ्जालमा फेक फलोअर्स लिस्टको टप १० भित्र छन् । यी दुई अभिनेत्रीका अलावा क्रिकेटर विराट कोहली पनि यो लिस्टमा सामेल भएका छन् । विराटको फेक इन्स्टाग्राम र ट्विटर फलोअर्सको संख्या ४४ प्रतिशत रहेको छ । 

हालै सार्वजनिक भएको एक रिपोर्टमा १० औँ सूचीमा प्रियंका चोपडा छिन् । इन्स्टाग्राममा उनका ४३ प्रतिशत फलोअर्स फेक (नक्कली) छन् । यस्तै छैठौँ नम्बरमा दीपिका पादुकोण छिन् । उनका उनका ४५ प्रतिशत फेक फलोअर्स छन् । इन्स्टाग्राममा प्रियंकाका ४३ मिलियन र दीपिकाका ३७ मिलियन फलोअर्स छन् ।

लण्डनमा अवस्थित द इन्स्टिच्युट अफ कन्टेम्पोररी म्युजिक परफर्मेन्स (आईसिएमपि) ले गरेको एक अध्ययनबाट यो कुरा पत्ता लागेको हो । यसमा विश्वभरिका सेलिब्रेटीहरुको मिडिया फलोअर्सको बारेमा अध्ययन गरिएको थियो । जसमा प्रिंयका र दीपिकाको इन्स्टाग्राममा नक्कली फलोअर्सको संख्या निकै बढी देखाएको हो ।

यो सूचीमा सबैभन्दा माथि टोक शो होस्ट डीजेनर्स छन् । जसका ४९ प्रतिशत फेक फलोअर्स छन् ।

-एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार