• २०७६ मङ्सिर २१ शनिबार

यस्तो बन्यो अनुप र नम्रताको ‘जाइरा’ ट्रेलर (भिडियो)

काठमाडौं, 
अनुपविक्रम शाही र नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ट्रेलर रिलिज गरिएको छ । आउँदो भदौ ६ गतेलाई प्रदर्शन मिति तोकेको यस फिल्मको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न सकिन्छ । नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा देखिएको नम्रताको लुक्सले दर्शकमा चलचित्रप्रति कौतुहलता बढाउने छ । चलचित्रको ट्रेलरमा अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि ध्यान खिच्ने छ ।

फिल्मको स्किृप्ट निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर लेखेका हुन् भो फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् ।

चलचित्रलाई प्रेरणा श्रेष्ठ र कारा श्रेष्ठले निर्माण गरेका हुन् । असिम शाक्यले लोगो एनिमेसन र पोस्टर डिजाइन गरेको यो फिल्म भदौ ६ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । फिल्मको रिलिजअघि राम्रो चर्चा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार