• २०७६ मङ्सिर २१ शनिबार

नेपाली काँग्रेसका सभापति देउवा र नेता कोइरालाबिरुद्ध उजुरी

नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवा र नेता शेखर कोइरालाबिरुद्ध अनुशासनको कारबाही हुनुपर्ने भन्दै उजुरी परेको छ । 

नेपाली काँग्रेसको को अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र सभापतिका सम्भावित उम्मेदवार मानिएका शेखर कोइरालाविरुद्ध उजुरी परेको परेका हो । 

उनिहरु मध्ये देउवालाई प्रचण्डपुत्री रेणुलाई भोट मागेको आरोप लागेको छ भने कोइरालाको योग्यता नपुग्दै केन्द्रिय सदस्य बनाएको आरोप छ । 
तर उनिहरुबिरुद्ध परेको उजुरीका विषयमा काँग्रेस अनुशासन समिती भने मौन छ । 

कांग्रेस संस्थापन अनौपचारिक छलफलमा : शशांकमार्फत विरोधी मनाउने रणनीति

अन्तरिम संरचना गठनमा सहमति नजुटेपछि कांग्रेस संस्थापन पक्षले अनौपचारिक छलफल थालेको छ । १४औँ महाधिवेशनको मिति तोक्नुपर्ने संस्थापनविरोधी पक्षको अडान र संरचनाको टुंगो नलागी कुनै हालतमा मिति नतोक्ने संस्थापनको अडानबीच सहमतिको प्रयास थालेको नेताहरूले बताएका छन् । छलफलमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबाहेक पदाधिकारी सहभागी थिए । छलफलमा महामन्त्री पूर्णबहादुर खड्काले अर्का महामन्त्री डा। शशांक कोइरालालाई सहमतिका आधारमा अघि बढ्न आफ्नो समूहलाई मनाउन आग्रह गरेका थिए । 

‘आन्तरिक संरचनाको टुंगो सहमतिमा लागोस् भन्नेमा सभापति हुनुहुन्छ, यसैको प्रयत्नका लागि हामी छलफलमा जुटेका हौँ । केन्द्रीय समितिमा सहमति भएर जाँदा सहज होस् भन्ने हामी चाहन्छौँ,’ छलफलमा सहभागी सहमहामन्त्री डा। प्रकाशशरण महतले नयाँ पत्रिकासित भने, ‘सहमतिमा अघि बढ्दा अगाडिका प्रक्रिया सहज हुने भएकाले सहमति गरिदिन उहाँलाई आग्रह गरेका हौँ ।’

संस्थापन पक्षले निर्वाचनबाट अन्तरिम संरचना गठन गर्दा ढिलो हुने भन्दै वडादेखि संघीय निर्वाचन क्षेत्रीय समितिसम्म सहमतिका आधारमा जाँदा सहज हुने बताएका थिए । ‘देशभरि अन्तरिम संरचनाको निर्वाचन गर्दा समय लाग्छ । यसैले समायोजनमा सहमति भयो भने छिटो हुन्छ । अन्तरिम संरचना टुंगिएपछि क्रियाशील सदस्यता वितरणको बाटो खुल्छ । यसैमा जाऊँ भन्ने भएको छ,’ महतले भने, ‘गाँठो छिटो फुकाउन शशांकलाई आफ्नोतिर पहल गर्नुस् भनेका छौँ ।’ 

सभापति सबैका सभापति हुन् भन्दै उनीहरूले आफूहरू संरचना गठन भएपछि महाधिवेशनको मिति तोक्ने पक्षमा रहेको बताएका थिए । संस्थापनको प्रस्तावमा शशांकले महाधिवेशनको मिति नै तोक्नुपर्ने पक्षमा आफ्नो पक्षका साथीहरू रहेको जवाफ दिएका थिए । धेरै बेर संस्थापन पक्षका कुरा सुनेपछि शशांकले भनेका थिए, ‘साथीहरूले महाधिवेशनको मिति तोकेपछि यसैभित्र संरचना गठन गरेर जाँदा सहज हुने बताउनुभएको छ । तर पनि म फेरि कुरा गर्छु ।’ पूर्वसंस्थापन पक्ष महाधिवेशनको मिति घोषणा गरेपछि बरु अन्तरिम संरचना गठनलाई पनि त्यसैभित्र पारेर जानुपर्ने पक्षमा छ ।

यसैबीच पूर्वसंस्थापन पक्षीय नेताहरू बिहीबार रातिसम्मै अनौपचारिक छलफलमा जुटेका थिए । नेता डा। रामशरण महतनिवासमा भएको छलफलमा पूर्वसंस्थापनका अर्जुनरसिंह केसीसहितका नेता सहभागी थिए । उनीहरू महाधिवेशनको मिति घोषणा गरेर यसैभित्र अन्तरिम संरचना गठन गरेर जानुपर्ने पक्षमा छन् ।

संरचना टुंगिएपछि १४औँ महाधिवेशनको क्यालेन्डर सुरु पूर्णबहादुर खड्का
विभिन्न कोणबाट हामी छलफलमा जुटेका छौँ । सहमतिबाटै अन्तरिम संरचनाको टुंगो लाग्छ । संरचनाको टुंगो लागेपछि सदस्यताको बाटो खुल्छ र १४औँ महाधिवेशनको क्यालेन्डर बनाउन विषय प्रक्रियागत रूपमा अघि बढ्छ । हामी अहिलेकै जारी केन्द्रीय समितिको बैठकबाट टुंगो लगाउँछौँ । संरचनाले नै अधिवेशनको आधारशीला तय गर्छ । किनकि, संरचना बनेपछि सदस्यता वितरण सुरु भएसँगै हामी नयाँ प्रक्रियामा अघि बढ्छौँ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार