• २०७६ श्रावण १ बुधबार

यतिको बिमान चिप्लिदाँ विमानस्थल अस्तव्यस्त

८ घन्टादेखि बन्द मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सुचारु भएको छ । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि विमान्स्थलमा अवरोध भएको थियो । विमानस्थलको टर्मिनल व्यवस्थापन विभाग प्रमुख उत्सव खरेलका अनुसार, घाँसे मैदानबाट ६ बजेर ४० मिनेटमा जहाज झिकिएको थियो। २० मिनेट धावनमार्ग चेकजाँच र सरसफाई गरेर ७ बजेदेखि सुचारु गरिएकोहो।बिहान ६ बजेदेखि राति साढे २ बजेसम्म सञ्चालन हुने काठमाडौं विमानस्थल शुक्रबार रातभर सञ्चालन हुने भनिएको छ। यदी एयरलायन्सहरुले माग गरे भने २४ सै घण्टा सञ्चालन गरिने खरेलले बताए। यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागेका थिए । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार