• २०७६ असोज २७ सोमबार

बस्तीमा पस्यो खोला, डुङ्गा चढेर उद्दार

 बल्खु खोलामा आएको बाढी त्यस आसपासका बस्तीमा पस्दा स्थानीयलाई सास्ती भएको छ ।  काठमाडौंको कुलेश्वर र आसपासको क्षेत्र डुबानको चपेटामा परेको छ। यही खोलाको पानी पसेपछि कुलेश्वरमा रहेको ओरिन्टल कोलोनी र मेट्रो  हाउजिङ पनि डुबानमा परे । कोलोनी र हाउजिङमा बाढी पसेपछि नेपाली सेना र सशस्त्र प्रहरीले र्‍याफ्टिङ बोटको सहायताले उद्धार गरेको थियो । खोलको पानी घरमा पसेपछि चन्द्रागरी–१५ मा सशस्त्र प्रहरीले उद्दार गरेको थियो । महानगरीय ट्राफिक प्रहरी प्रभाग, कलंकी पनि पानीका कारण जलमग्न भएको थियो । प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले अनलाइनखबरसँग भने, ‘हाम्रो कार्यालय जलमग्न भए पनि जनताको उद्दार र सेवामा टोली खटिइरहेको छ ।’ प्रहरी कार्यालयसँगै मालपोत पनि जलमग्न भएको थियो । महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्का साँझ परिसक्दा पनि वर्षा नरोकिएको सचेत भएर सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार