• २०७६ असोज २७ सोमबार

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक शुक्रवारबाट सुरु

काठमाडौँ, 
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक शुक्रवारबाट सुरु भएको छ । नेपाली काँग्रेसको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भइरहेको हो । नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा १४ वटा एजेन्डा तय गरिएको जनाइएको छ । बैठकमा नेताहरूले भातृ सङ्गठनहरूलाई नियन्त्रण हुने गरी नियमावलीमा प्रावधान राखिएकोमा आपत्ति जनाएका छन् । बैठकमा भातृ संस्थाहरूलाई स्वतन्त्र ढङ्गले काम गर्न दिने गरी नियमावली संशोधन गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको जनाइएको छ । बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नवीकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समीक्षा, केन्द्रीय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली काँग्रेसले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार