• २०७६ असोज २७ सोमबार

ट्रकको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

अछाम,
अछाममा ट्रकको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । अछामबाट नेपालगञ्जका लागि हिँडेको ना६ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट जिल्लाको कमलबार नगरपालिका–५ का भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीको मृत्यु भएको हो ।

मध्यपहाडी लोक मार्गको गैरिटाँड–बिनायक सडकखण्ड अन्तरगत अछामको कमलबार नगरपालिका–५ कीर्तिपुरमा बालिकालाई ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

 चालक बर्दियाको मधुबन नगरपालिका–४ का ४२ वर्षय तिलक शर्मा र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार