• २०७६ श्रावण १ बुधबार

कोशी ब्यारेजमा पानीको सतह बढ्यो, २३ ढोका खुला

सुनसरी,

गएराती देखि परेको निरन्तर वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । प्राप्त जानकारी अनुसार पानी बहावको घनत्व १ लाख ७९ हजार ६ सय १५ क्यूसेक रहेको छ ।

पानीको बहावसँगै उक्त क्षेत्रमा खतरा बढेपछि ५६ ढोकामध्ये अहिलेसम्म २३ वटा ढोका खोलिएको जानकारी प्राप्त भएको छ ।

निरन्तरको वर्षाको कारण पानीको सतह बढ्दै बहावको घनत्व १ लाख ५० हजार नाघ्ने बित्तिकै खतराको संकेत जनाउँदै रातो बत्ती बाल्दै रातो झण्डा पनि फहराएको बताईन्छ ।

यसअघि २०६५ साल भदौ महिनामा पानीको बहाव १ लाख ६८ हजार क्यूसेक पुग्दा भारतीय पक्षबाट समयमै ढोकाहरु नखोलिंदा नदीले पूर्वतर्फको तटबन्ध भत्काएर नेपालको थुप्रै भुभाग डुबानमा परेको थियो । त्यसरी नदी मानव बस्तीमा पस्दा थुप्रै जनधनको क्षति हुनुको साथै स्थानीयहरु विस्थापित भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार