• २०७६ श्रावण १ बुधबार

अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

आयोजक इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । विश्वकप अन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै २७ वर्षपछि इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

इङ्ल्यान्ड सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पराजित भएको थियो। त्यसयता भने इङ्ल्यान्ड फाइनलसम्म पनि पुग्न सकेको छैन। इङ्ल्यान्ड यसअघिको संस्करणमा समूहचरणबाटै बाहिरिएको थियो। इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३ औं ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डका लागि ओपनर जासन रोएले सबैभन्दा बढी ८५ रन जोडे। उनले ६५ बलमा ९ चौका र ५ छक्का हिर्काए। जोनी बायस्टोले ३४ रन जोडे। उनले ४३ बलमा ५ चौका प्रहार गरे।

कप्तान इयान मोर्गानले नटआउट ४५ रन र जोए रुटले नटआउट ४९ रन जोडे। मोर्गानले ३९ बलमा ८ चौका प्रहार गरे। रुटले ४६ बलमा ८ चौका नै हिर्काए। अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सको नाममा समान १ विकेट रह्यो ।

यसअघि बर्मिंघमस्थित एजबास्टन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै दुई सय २३ रनको मध्यम योगफल बनाएको थियो। अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले ८५ रनको योगदान दिए। उनले ११९ बलमा ६ चौका हिर्काए। एलेक्स क्यारीले ४६ रन जोडे। उनले चिउँडोमा घाउँ भए पनि ब्याटिङ गरेको थिए। इंग्ल्यान्डका जोफ्रा आर्चरको बाउन्सर बलले उनको चिउँडोमा लागेको थियो।

त्यसअघि ओपनर डेभिड वार्नर ९ रन र आरोन फिन्च शून्यमा आउट भए। पिटर ह्यान्डसकम पनि ४ रनमा आउट भएपछि अस्ट्रेलिया सुरुमै दबाबमा परेको थियो। मार्कोस स्टोइनिस पनि शून्यमै पेभिलियन फर्कदा ग्लेन म्याक्सवेलले २३ बलमा २२ रनको योगदान दिए। पाट कमिङ्ग्स ६ रन तथा जासन बेहेरडोर्फले २९ रनको योगदान दिए ।

इङ्ल्यान्डका क्रिस वाक्स र अदिल रसिदले तीन/तीन विकेट लिए। यसैगरी जोफरा आर्चरले दुई तथा मार्क उडले एक विकेट हात पारे।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार