• २०७६ श्रावण १ बुधबार

बैंगलोरमा भवन भत्कँदा एकै परिवारका ३ नेपालीसहित ५ जनाको मृत्यु

नयाँ दिल्ली,
भारतको बैंगलोरमा भवन भास्सिँदा एकै परिवारका ३ नेपालीसहित ५ जनाको ज्यान गएको छ। मंगलबार बिहान बैंगलोरको कस्टाउनस्थित चार तले अपार्टमेन्टको पहिलो तल्ला भासिँदा बझाङ थलरा गाउँपालिका २, बगडाका २८ वर्षीय नारायण खडका, उनकी श्रीमती २३ वर्षीय निर्मला खडका र चार वर्षीया छोरी अनुष्का खडकाको मृत्यु भएको हो ।

घटनामा दुई भारतीय नागरिक आसामका ४० वर्षीय शम्भु र बिहारका ३९ वर्षका कागन सरकारको पनि मृत्यु भएको छ । अखिल भारत नेपाली एकता मञ्चका महासचिव शीतल मलातीकाअनुसार मृतकहरुको शव पोष्टमार्टमका लागि नजिकैको बोरिंग अस्पतालमा राखिएको छ । घटनामा अन्य चार जना कामदार घाइते भएका छन् । उनीहरुको उद्धार गरी बोरिङ अस्पतालमा भर्ना गरिएको छ।  निर्मल सोही भवनको अपार्टमेन्टमा विगत ६ वर्षदेखि सुरक्षागार्डको काम गर्दै आएका थिए । खड्का परिवार उक्त भवनको भुईं तल्लामा टेन्टले बारेर बस्दै आएका थिए ।

निर्मलका बुबा लक्ष्मण खड्का र आमा दीर्कमति खड्का पनि रोजगारीकै सिलसिलामा नजिकै बस्दै आएका थिए । निर्मलका छोरा भने धनगढीमा अध्ययनरत छन् । मृतकलाई उचित क्षतिपूर्ति र अर्पाटमेन्टका बिल्डरलाई कानुनी कारवाहीका लागि स्थानीय पुल्केसी थानामा एफआईआर दर्ता गरिएको छ ।

‘उचित क्षतिपूर्तिसहित कानुनी कारवाहीको माग गर्दै एफआईआर उजुरी गरिएको छ । र आवश्यक समन्वयका लागि दिल्लीस्थित दूतावासलाई पनि जानकारी गराइसकेका छौं,’ मालतीले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार