• २०७६ श्रावण १ बुधबार

धोनी आउट हुँदा फ्यान मुर्छित, चिकित्सकले घोषणा गरे मृत

विश्वकपको उपाधि जित्ने सम्भावना देखिएको भारतीय टोली सेमिफाइनलमा पराजित भएको छ ।

न्यूजिल्याण्डसँग भारत हारेपछि भारतीय फ्यानहरु निरास भएका छन् भने यसै क्रममा खेलाडीहरुको गल्ती खोज्ने कामले पनि तिब्रता पाएको छ । खेलको लागि मरिहत्ते गर्ने भारतीयहरुले क्रिकेटलाई खेलमात्र नभएर भावनासँग जोड्ने गरेका छन् । यही स्वभावले बुधबार भारतीय फ्यान श्रीकान्त मैतीको मृत्यु भएको छ ।

खेलमा न्यूजिल्याण्डले दिएको लक्ष्य पछ्याउने क्रममा भारतका सुरुवाती ब्याटसम्यानहरु धमाधम आउट भएपनि महेन्द्र सिंह धोनी मैदानमा छउन्जेल भारतको आशा जीवितै थियो । उनको विकेट झरेसँगै भारत हारतर्फ लागेको थियो । सम्हालेर खेलिरहेका धोनीलाई न्यूजिल्याण्डका मार्टिन गप्तिलले सिधा थ्रो गर्दै रनआउट पारेका थिए ।

मोबाइलमा लाइभ हेरिरहेका साइकल पसल संचालक कलकत्ताका श्रीकान्त भारतको आठौं विकेटको रुपमा धोनी आउट भएपछि ढलेका थिए । मुर्छित बनेका उनलाई तत्कालै अस्पताल पु-याएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । अस्वभाविक रुपमा धोनी आउट भएको पिडाले उनलाई आघात पु-याएको बताईएको छ ।

खेल न्यूजिल्याण्डले १९ रनले जितेको थियो । जितसँगै न्यूजिल्याण्ड फाइनल पुगेको छ भने भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

- एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार