• २०७६ श्रावण १ बुधबार

बर्दिबास–निजगढ रेलमार्गको ‘ट्र्याकबेड’ बनाउन ८ कम्पनीको प्रस्ताव

फाइल फोटो

काठामाडौं,

पूर्वपश्चिम रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ रेलमार्गको ट्«याक बेड निर्माणका लागि ८ ओटा कम्पनले प्रस्ताव गरेका छन् । २०७६ बैशाख २३ गते गरिएको सार्वजनिक सूचनामा बोलपत्र आह्वान गरिएकोमा ८ ओटा बोलपत्रदाताहरुबाट आर्थिक तथा प्राविधि प्रस्ताव प्राप्त भएको रेल विभाग अन्र्तगत रेल, मेट्रोल तथा मोनोरेल विकास आयोजनाले जनाएको छ । 

प्राप्त भएका बोलपत्रदाताहरुको आर्थिक र प्राविधिक प्रस्ताव मूल्याङ्कन गरिने आयोजनाले जनाएको छ । प्रस्ताव भएका बोलपत्रदाताको आर्थिक प्रस्ताव २०७६ साउन २ गते खोलिने जनाइएको छ ।

आर्थिक प्रस्ताव मूल्याङ्कन प्रभावकारी देखिने कम्पनीले उक्त रेलमार्ग निर्माण गर्ने ठेक्का पाउने छ । यसअघि प्राविधिक प्रस्तावमा ३ कम्पनी छनौट भएका थिए ।

बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्र्याक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार