• २०७६ असोज २७ सोमबार

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, शव गाडेको अवस्थामा फेला

धनगढी, 
कैलालीको चुरे गाउँपालिका ६ मडमा श्रीमान् श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । ज्याला मजदुरी गर्दै आइरहेका गुल्मीका कमल कुँवरको शव असार २२ गते हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा भेटिएको थियो । 

कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लाल बहादुर लामा र कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कल्पना र लाल बहादुर श्रीमान् श्रीमती हुन् । मृतक कुँवर कल्पनाका पूर्वप्रेमी भएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए । 

हत्या गरेर जमिनमा शव गाडेको भन्ने सूचना स्थानीयले दिएपछि इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको टोलीले मङ्गलवार अबेर सोही स्थानको सिमसेला खोला किनारमा शव जमिनमुनि गाडेको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए । असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानीयले खोजी गरिरहेका थिए ।

खोजी गर्दै जाँदा स्थानीयहरूले २४ गते दिउँसो हत्याको केही प्रमाण देखेपछि लाल र कल्पनाको गतिविधि माथि निगरानी राखी शङ्का लागेपछि प्रहरीलाई जानकारी गराएका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मृतकको शवलाई पोस्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार