• २०७६ असोज २७ सोमबार

भोजपुरमा भिडन्त, प्रहरी र विप्लव कार्यकर्ताको मृत्यु

भोजपुरमा प्रहरी र  विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भिडन्त भएको छ । सदरमुकाम  हटिया लाइनमा भएको भिडन्तमा एक प्रहरी जवान र एक विप्लवका कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विहान ८ बजेको समयमा विप्लव समुहले आक्रमण गरेको थियो । आक्रमणमा प्रहरी जवान सन्जिव राइको गोली लागर मृत्यु भएको प्रहरीले जनाएको छ  । खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमार राईको गोली लागेर मृत्यु भएको छ । निरकुमार विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज हुन् । 

प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको जानकारी दिएको छ। भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदेश एकको केन्द्रबाटसमेत प्रहरी घटनास्थलतर्फ गइरहेको छ। 

 दुवैजनाको शव अहिले जिल्ला अस्पताल भोजपुरमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार