• २०७६ मङ्सिर २४ मंगलबार

एउटै डोरीमा झुण्डिएर दाजुबहिनीद्वारा आत्महत्या

दार्चुला । 

दार्चुलामा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिएका छन् । शैल्य शिखर नगरपालिका वडा नम्बर ५ बगौरा बस्ने महादेव डागा र मनिसा डागाले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनीहरु महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर बारमा डेरा गरी बस्दै आएका थिए । पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा मंगलबार बिहान  मृत फेला परेका हुन् ।
   
अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजु बहिनी पर्छन् । मनिसाको विवाह भइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलको अध्ययनपपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार