• २०७६ श्रावण १ बुधबार

सरकारले ४३ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं, 

ठेकेदार लगायतलाई भुत्तानी गर्न सरकारले ४३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले असार अन्तिमसम्म आन्तरिक ऋण उठाउन लागेको हो । नियमित क्यालेण्डर अनुसार सरकारले आन्तरिक ऋण उठाउन लागेको नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए ।

यसअघि सरकारले ५३ अर्ब रुपैयाँ ऋण उठाइसकेको छ । चालु आर्थिक वर्षमा सरकारले १७५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । तर सरकारले लक्ष्य भन्दा कम ऋण उठाउदै छ । 

असार अन्तिममा आन्तरिक ऋण उठाउने र ठुलो रकम करका रुपमा ढुकुटीमा जाने भएकाले बैकिङ प्रणालीमा तरलताको समस्या बढ्ने संभावना देखिएको छ । असार अन्तिमपछि केही दिन तरलतामा दवाव पर्ने संभावना रहेको उनको भनाई छ । 

हाल बैकिङ प्रणालीमा तरलता बढेपछि अन्तर बैङ्क ब्याजदरमा भारी गिरावट आएको छ । बजारमा पर्याप्त तरलता भएपछि अन्तरबैङ्क ब्याजदर २.९ प्रतिशतमा झरेको हो ।

तरलता कम हुँदा यसअघि अन्तर बैङ्क ब्याजदर ७ प्रतिशतसम्म पुगेपछि राष्ट्र बैङ्कले पटकपटक रिपो जारी गरेर वान्छित सीमामा ल्याएको थियो । बैङ्किङ प्रणालीमा ५७ अर्ब ८६ करोड रुपैयाँ तरलता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार