• २०७६ असोज २७ सोमबार

नाइजेरियामा ४ सवारी साधन ठोक्किँदा १९ जनाको मृत्यु

अबुजा,

नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।

कानो राज्यअन्तर्गतको डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राति अबेर भएको सडक सुरक्षा प्रहरीले सोमबार जनाएको छ। घटनास्थल कानोदेखि ८५ किलोमिटर टाढा पर्दछ।

स्थानीय एक सुरक्षा अधिकारीले घटनाका बारेमा भने, 'चार ओटा सवारी साधन ठोक्किएर दुर्घटना भएको हो, तीमध्ये दुई ओटा बस र अरु दुई ओटा कार रहेका छन्। उनीहरु एक अर्काका विपरीत दिशाबाट आएका थिए।' उनीहरु सबैले सडकमा रहेका खाल्डाखुल्डी छल्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरुले जनाएका छन्।

घटनामा परी मृत्यु भएका मध्ये १४ जना वयस्क पुरुष, ३ जना वयस्क महिला र २ जना बालबालिका छन्। नाइजेरियामा सडक दुर्घटना धेरै हुने गरेका छन्। विशेष गरेर क्षमताभन्दा बढी भारी, सडकको खराब अवस्था र चालकहरुको लापरबाही तथा ट्राफिक नियमको उल्लंघन लगायतका कारणले सडक दुर्घटना हुने गरेको जानकारहरु बताउँछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार