• २०७६ असोज २७ सोमबार

ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते

फाइल तस्बिर

वासिङ्टन, 

अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिए ।

सामाजिक सञ्जालमा देखिएको घटनास्थलसम्वन्धी भिडियो हेर्दा घटनास्थलमा धेरै नै क्षति भएको जस्तो देखिएको छ । घटनाकाबारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार