• २०७६ श्रावण १ बुधबार

संकटा क्लबको पहिलो जित

काठमाडौं,

संकटा क्लबले राजधानीमा जारी ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रवार भएको खेलमा च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित हात पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटालाई जित दिलाउन विशाल शाही, अबिम शाही र राकेश गुरुङले एक एक गोल गरे । च्यासलका धिरज मगरले एक गोल फर्काए ।

जितसँगै समूह ’ए’ को संकटाले ३ खेलबाट ४ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा संकटाले मछिन्द्र क्लबसँग ४–० को हार व्यहोर्दा एनआरटीसँग १–१ गोलको बराबरी खेलेको थियो । च्यासलको यो दोस्रो हार हो । च्यासलले ३ खेलबाट १ अङ्क जोडेको छ । यस समूहमा मछिन्द्रको २ खेलबाट ३ अङ्क रहेको छ । यस्तै एनआरटी र हिमालयन शेर्पाको २ खेलबाट ४ अङ्क रहेको छ । यस समूहबाट तीन टिम क्वाटरफाइनलमा पुग्ने छन् । एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार