• २०७६ असोज २७ सोमबार

सिरिञ्ज आक्रमण काठमाण्डौपछि काभ्रेमा , ४५ वर्षकी महिला सुई हानेर फरार

काठमाण्डौमा भएका लगातार ५ घटनापनि सिरिञ्ज आक्रमणका घटना काभ्रेको बनेपामा पुगेको छ ।  काभ्रेको बनेपामा बनेपामा एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै बुधबार प्रहरीकहाँ उजुरी दिएकी छन् । काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छन् । ‘नजिकै दिदीको घरबाट फर्किंदै थिएँ, अन्दाजी ४०र४५ की महिला ढेपिँदै आइन्, मेरो हातमा केहीले च्वास्स घोचेजस्तो भयो ।मैले फर्केर हेर्दा ती महिला फटाफट गइसकेकी थिइन्,’ उनले भनिन्, ‘रातभरि हात दुखेर सुत्न सकिनँ, बिहान हात सुन्निएको थियो ।’स्थानीय मेडिकलमा जँचाउँदा सिरिन्ज आक्रमण भएको आशंका गरिएपछि उनी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् । चिकित्सकहरूले सिरिन्ज आक्रमणको आशंका गर्दै उनलाई एचआईभी संक्रमणविरुद्धको औषधि २८ दिनसम्म खान भनेका छन् । रगत परीक्षणको रिपोर्ट भने बिहीबार मात्रै आउने अस्पतालले जनाएको छ ।

काठमाण्डौमा सुई आंतक : ५ युवतीमाथी आक्रमण 

अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ ।पाँचैवटा घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले सुईजस्तै तिखो वस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ । सुईजस्तै वस्तुले घोचिएका भनिएका युवतीमध्ये तीन जना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन् । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताए । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले सुईले नै घोचेको भन्ने चिकित्सकीय पुष्टि भइनसकेको बताए । ‘तिखो वस्तुले घोचेको देखिए पनि सुई भन्ने पुष्टि भइसकेको छैन,’ उनले भने । प्रहरीका अनुसार मोटरसाइकलमा आएर सुईले घोच्नेबित्तिकै भाग्न त्यति सजिलो देखिँदैन । घोचिहाले पनि बाहिर लामो धर्कोजस्तो दाग हुन्छ । ‘तिखो वस्तुले घोचेको भए पनि सुई नै हो भन्न सकिने स्पष्ट आधार देखिँदैन,’ बोगटीले भने ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी लालध्वज सुवेदीका अनुसार नयाँ घटना बाहिर आउन थालेपछि पुराना घटना पनि प्रहरीकामा आउन थालेका छन् । स्वयम्भू वृत्तमा जेठ २० र २९ गते भएको घटनालाई लिएर उजुरी भर्खरै परेको छ । एक युवतीले आफू श्रीमान्सँग हिँडिरहेका बेला मोटरसाइकलमा आएको मान्छे सुईजस्तै तिखो चीजले घोचेर बेपत्ता भएको प्रहरीलाई बताएकी छन् ।
अर्की अविवाहित युवतीले भने साथीहरूसँग हिँडिरहेका बेला मोटरसाइकलमा आएको अपरिचितले पाखुरामा च्वास्स घोचेर भागेको बताएकी छन् । डीएसपी सुवेदीले दुवै घटनाको प्रकृति एउटै देखिएको र समय र क्षेत्र पनि एउटै रहेको बताए । उनले भने, ‘घटना भएको भनिएको क्षेत्रमा व्यापक प्रहरी परिचालन र निगरानी बढाइएको छ ।’
एउटै प्रकृतिको घटनाको विवरण बाहिर आएपछि सर्वसाधारणमा त्रास फैलिन थालेकाले प्रहरी परिसर काठमाडौंले टेकु, ढल्कु, कालीमाटी, पकनाजोल, स्वयम्भू र सोह्रखुट्टे क्षेत्रका कैयन् सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार राति र बत्ती नभएको वा मधुरो उज्यालो भएको क्षेत्रमा घटना भएकाले सीसीटीभी फुटेजबाट केही नयाँ तथ्य भने फेला परिसकेको छैन ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी बोगटीले उक्त क्षेत्रमा सक्रिय शंकास्पद ५० व्यक्तिलाई बोलाएर सोधपुछ गरिसकिएको बताए । उनले भने, ‘केही क्लु फेला पारिसकेका छौं । डराउनै पर्ने अवस्था छैन ।’ प्रहरीले पाँचै घटना एउटै व्यक्तिबाट भएको आकलन गरेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार कोही मानसिक समस्या भएको व्यक्तिले अथवा कसैले त्रास फैलाउन यस्तो गरेको हुन सक्ने देखिन्छ । निवेदन दर्ता गराएका पाँच युवती विवाहित र अविवाहित दुवै भएकाले प्रेम सम्बन्ध वा यस्तै केही कारणले घटना नभएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार