• २०७५ चैत १० आइतबार

माओ त्सेतुङ आफ्नो समयका महानतम माक्र्सवादी—लेनिनवादी हुनुहुन्थ्यो

प्रत्येक महान पुरुष आफ्नो युगको उपाज हो,आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनवाट हामी कुन कुरा थाहा पाउँछौ भने साँचिकै महान आन्दा्लन तथा महान परिवर्तनहरुको सम्वन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन्, र आफ्नो तर्फवाट त्यसमा महत्वपूर्ण योगदान गर्छन् । यो कुरा माओसेतुङको सम्बन्धमा पनि साँचो रहेको छ । 


    माओ त्सेतुङ आफ्नो समयका महानतम माक्र्सवादी—लेनिनवादी हुनुहुन्थ्यो । अन्य ऐतिहासिक व्यक्तित्वहरु झै उहाँ पनि एक ऐतिहासिक उपज हुनुहुन्थ्यो । उहाँ आफू रहेको समयको त्यस्तो ऐतिहासिक अवधिको एक उपज तथा अभिन्न अंग हुनुहुन्थ्यो, जुन अवधिमा विश्व ऐतिहासिक महत्वका केही घटनाहरु घटेका थिए । ती घटनाहरुमा प्रमुख हुन ः चिनियाँ जनताको महान मुक्ति आन्दोलन, आधुनिक सशोधनवाट तथा सामाजिक साम्राज्यवादको विरुद्ध चलेको महान संघर्ष, आदि । उहाँको सम्पूर्ण व्यक्तित्व तथा कार्यहरु उक्त घटनाहरुसित अभिन्न रुपमा गासिएका छन् र त्यसमा उहाँको व्यक्तित्व र कार्यको प्रभाव र छाप स्पष्ट रुपमा परेको छ । सच्चा सर्वहारा क्रान्तिकारीको हैसियतले ती घटनाहरुमा प्रमुख भूमिका खेल्ने सिलसिलामा उहाँले मानव मुक्तिको महान लक्ष्यमा र कम्युनिष्ट लक्ष्यमा ठूला योगदानहरु गर्नुभयो । 


    माओ त्सेतुङका योगदानहरु महान र महत्वपूर्ण छन् भन्ने कुरामा दुई मत पाइदैन भन्न सकिन्छ, किनभने उहाँको चिन्तन—तरिका र कतिपय सैद्धान्तिक धारणालाई मान्नेहरु सकेत पनि उहाँका योगदानहरुलाई मान्छन् । तर योगदानको स्वरुपको सम्बन्धमा योगदान कस्तो खालको र कुन स्तरको भन्ने सम्बन्धमा मुख्य रुपले दुई विपरित धारणा रहेको पाइन्छ । तिनमा एउटा धारणा अनुसार माओ त्सेतुङले जे जति योगदानहरु गर्नुभयो, ती राष्ट्रिय चरित्रका छन् र तिनले राष्ट्रिय अर्थात चिनियाँ सीमा भन्दा बाहिर केही महत्व राख्दैनन् । उक्त धारणाका समर्थकहरुमा एक थरी यस्ता छन् जो माओत्सेतुङका विचारलाई त मान्छन् । तर त्यसलाई विशुद्ध राष्ट्रिय चीज, विशुद्ध चिनियाँ परिघटना भन्छन् । यस्तो धारणा माक्र्सवादलाई विशुद्ध जर्मन वा युरोपेली परिघटना भन्ने र लेनिनवादलाई विशुद्ध रुसी परिघटना भन्ने पहिले देखिएका धारणाहरुको पुनरावृत्ति मात्र हो भन्न सकिन्छ । उक्त्त धारणलाई मान्नेहरु माओत्सेतुङका काम तथा विचारको महान तथा महान चिनियाँ सीमा भित्र सीमित रहेको रुपमा लिन्छन् । यसको ठीक विपरीत अर्को धारणा छ जसले माओ त्सेतुङलाई एक अन्तराष्ट्रिय व्यक्तित्वको रुपमा हेर्छ , र कस्तो मान्यता रहन्छ भने माओ त्सेतुङका महान विचारहरु विशुद्ध राष्ट्रिय परिघटना होइनन्, तर सागुरो र राष्ट्रिय सीमाभित्र मात्र महत्व राख्ने चीज होइन , बरु तत्कालीन अन्तराष्ट्रिय तथा राष्ट्रिय विकाससित घनिष्ट रुपले सम्बन्धित र त्यसमा आधारित अन्तराष्ट्रिय परिघटना हुन । 


    अन्य मुलुकहरुमा झै हाम्रो मुलुकमा पनि माओत्सेतुङको देनलाई सानो पारेर देखाउने, त्यसलाई मामुली रुपमा प्रस्तुत गर्ने र विशरद्ध राष्ट्रिय महत्वको ठान्ने धारणा पाइन्छ । उक्त धारणा एकदमै अयथार्थवादी र गलत छ , किनभने त्यसले माओत्सेतुङका देनहरुलाई उहाँका कार्य र विचारको महानतालाई व्यापक परिपक्ष्यमा सम्पूर्ण अन्तराष्ट्रिय विकासको परिपेक्षमा हेर्न सकेको छैन , किनभने त्यसले त्यसलाई महान चिनियाँ जनक्रान्ति, आधसनिक—सशोधनवाद विराधी महान संघर्ष र महाशक्ति—प्रभुत्ववाद—विराधी संघर्षको विश्व ऐतिहासिक महत्वको परिपेक्ष्यमा हेर्न सकेको छैन ।उक्त धारणाको पछिल्तिर कुन तथ्यप्रतिअज्ञानता रहेको छ भन्ने प्रत्येक साँच्चीकै महान विचारमा अन्तराष्ट्रिय बन्ने स्वभाविक प्रवृत्ति रहेको हुन्छ । 

    मेरो विचारमा, माओत्सेतुङबाट विश्व कम्युनिष्ट आन्दोलनप्रति गरिएका योगदानहरु बहुपक्षीय र बहुआयामिक छन् । यही दृष्टिकोणवाट संक्षिप्त रुपमा त्यसवाट चर्चा गरिएको छ । 


पहिलो कुरा के भने महान चिनियाँ जनक्रान्ति,अर्थात बीसौँ शताव्दीमा महान अक्टोवर समाजवादी क्रान्तिपछिको अधिकतम विशाल, व्यापक तथा शक्तिशाली प्रतिक्रियावाद विराधी तथा साम्राज्यवाद —विराधी क्रान्तिका संगठनकर्ता तथा नेताको हैसियतबाट माओत्सेतुङले विश्व जनक्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनप्रति महत्वपूर्ण योगदान गर्नुभयो । 

    माओत्सेतुङ प्रधान रहेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको चिनियाँ जनताको सामन्त विरोधी तथा साम्राज्यवाद—विराधी क्रान्तिको विजय बीसौँ शताव्दीमा भएका अक्टोवर समाजवादी—क्रान्ति र फासिस्टवादमाथि मानवजातिको विजयपछिको विश्ववयापी महत्वो तेस्रो घटना थियो । विश्व सर्वहारा क्रान्तिको अभिन्न अंग रहेको उक्त विजयी क्रान्तिले विश्व—साम्राज्यवादी व्यवस्थालाई निकै कमजोर पा¥यो र जनवाद,समाजवाद र शक्तिको पक्षलाई अधिक शक्तिशाली तथा व्यापक बनायो । खास रुपमा उक्त विजयी क्रान्तिले औपनिवेशिक तथा अर्ध—औपनिवेशिक मुलुकहरुका राष्ट्रिय मुक्ति आन्दोलनलाई ठूलो बल र प्रेरणा प्रदान ग¥यो । 

जनवादी क्रान्तिका अभिभाराहरुलाई पूरा गरिसकेपछि १९५६ मा चीन समाजवादी क्रान्तिको युगमा प्रवेश ग¥यो र त्यहाँ समाजवादी निर्माणको काम थालियो । विशाल जनसंख्या भएको उक्त मुलुकमा समाजवादी समाजको निर्माण गर्न थालिनु कम महत्वपूर्णको कुरा थिएन, बरु वास्तवमा त्यो एक महान विश्व—ऐतिहासिक महत्वको घटना थियो । 

    यसरी चीनमा नौलो जनवादी क्रान्तिको सम्पन्नता र त्यसपटि भएको समाजवादी क्रान्ति र समाजवादी निर्माण—कार्यको थालनी हुनु निश्चय नै कम्युनिष्ट आन्दोलनकको ऐतिहासिक अग्रगतिमा अति महत्वपूर्ण पाइला थिए । तिनले उक्त आन्दोलनमा नयाँ अभिवृद्धि र विकासमा तिनको ठूलो योगदान रहेको छ । 

माथि—उल्लेखित सम्पूर्ण क्रान्ति र निर्माणको कामसित माओत्सेतुङको नाउँ अभिन्न रुपमा गासिएको छ । उहाँ उक्त क्रान्तिका प्रमुख सँगठनकर्ता तथा नेता र समाजवादी निर्माणका प्रमुख इन्जिनियर हुनुहुन्थ्यो । जनवरी १९३५ मा चिनियाँ कम्युनिष्ट पार्टीमा उहाँको नेतृत्व स्थापित भएपछि उहाँले चिनियाँ क्रान्तिलाई पूर्ण विजयसम्म बढाउनु भई त्यसलाई समाजवादी चरणमा लैजानुभयो । उहाँले माक्र्सवाद—लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई अर्ध—सामन्ती तथा अर्ध—औपनिवेशिक चीनको क्रान्तिका विशिष्ट अवस्थाहरुमा बडो कुशल तथा सिर्जनात्मक ढंगबाट लागू गर्नुभयो । चिनियाँ जनक्रान्तिको विजय माक्र्सवाद—लेनिनवादको एउटा ठूलो ऐतिहासिक विजय पनि थियो । माक्र्सवाद अविकसित मुलुकहरुमा लागू हुन सक्दैन भन्ने त्यसताका प्रतिक्रियावादीहरुद्धारा व्यापक रुपमा प्रचारित फट्याईलाई व्यवहाररिक रुपमा देखाएर त्यसले माक्र्सवादको सर्वव्यापी लागू योग्यतालाई अकाट्य  रुपमा सावित गरिदियो । कुन कुरा एकदमै सत्य सावित भयो भने माक्र्सवाद विकसित,अल्पविकसित सवै मुलुकमा र सवै परिस्थितिहरुमा लागू हुन सक्छ । 
उपरोक्त सारा कुरा विश्व कम्युनिष्ट आन्दोलनप्रति महत्वपूर्ण योगदान हुन् र त्यसमा माओत्सेतुङको प्रमुख भूमिका रहेको छ । 

दोस्रो कुरा के हो भने तत्कालीन सोवियत संशोधनवादी नेतृ—नेतृत्व गरिएको आधुनिक सशोधनवादको विरुद्ध माक्र्सवाद—लेनिनवादका क्रान्तिकारी शिक्षाहरुको रक्षकहरुको हैसियतबाट उहाँले विश्व कम्युनिष्ट आन्दोलनप्रति ठूलो योगदान गर्नुभयो । 
  

 १९५३ मा स्टालिनको निधन पछि पूर्व सोवियत सँघको कम्युनिष्ट पार्टीको नेतृत्व खुश्चोव र त्यसको गूटद्धारा हत्याइयो । उक्त नेतृ—डफ्फाले महान स्टालिनको नाउँ र कामहरुलाई बदनाम गर्न भगरित प्रयत्न ग¥यो । खुश्चोवपँथी नेतृ —दफ्फाद्धारा प्रतिनिधित्व गरिएको आधुनिक सशोधनवादले साम्राज्यवाद र प्रतिक्रियावादको हितमा माक्र्सवाद—लेनिनवादका शिक्षाहरुलाई संशोधन र तोडमोड गरे । ती संशोधनवादीहरुले क्रान्तिकारी वर्गसँघर्ष, समाजवादी क्रान्ति, सर्वहारावर्गको अधिनायकतन्त्र, युद्ध र शान्ति आदि सम्बन्धी माक्र्सवादी—लेनिनवादी सिद्धान्तहरुप्रति विश्वासघात गरेर कक्युनिष्ट आन्दोलनलाई सँशोधनवादी बाटोमा लैजान खोजे । त्यसैले, सँशोधनवाद, विश्व कम्युनिष्ट आन्दोलनको लागि निकै ठूलो खतरा बन्न गयो । 

    विश्व कम्युनिष्ट आन्दोलन र विश्व जनताको मुक्ति आन्दोलनको लागि त्यो निकै सँकटपूर्ण स्थिति थियो । विश्व कम्युनिष्टको आन्दोलन भित्र एकातिर माक्र्सवादी—लेनिनवादीहरु र अर्कोतिर आधुनिक सँशोधनवादीहरुको माझमा ठूलो र भयानक सँघर्ष चल्यो । यस सँघर्षमा माओत्सेतुङ प्रधान रहेको चिनियाँ कम्युनिष्ट पार्टीले माक्र्सवाद—लेनिनवादका क्रान्तिकारी शिक्षाहरुको संरक्षणको पक्षमा अघिल्लो मोर्चामा रहेर प्रमुख भूमिका खेल्यो । त्यसताका आधुनिक सँशोधनवादको विरुद्ध विश्वव्यापी रुपमा चलेको महान विवाद र संघर्षमा माओत्सेतुङले नेतृत्वकारी भूमिका खेल्नु भयो । उहाँले “व्यक्ति—पूजा” को विरोधको आडमा गरिएको स्टालिनको निन्दालाई दुई रुपमा अस्वीकार गर्नुभयो र तत्कालीन सोवियत नेतृ—डफ्फाद्धारा गरिएको विभिन्न खालका दबाब र धम्की सामु झुक्न ठाडो रुपमा इन्कार गदै चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका माक्र्सवादी—लेनिनवादीलाई सँशोधनवाट विरोधी सँघर्षमा नेतृत्व दिएर अगाडि बढाउनुभयो ।

उक्त कार्य विश्व कम्युनिष्ट आन्दोलनप्रति माओत्सेतुङको महत्वपूर्ण योगदान थियो । 

    तेस्रो कुरा के भने महाशक्ति प्रभुत्ववादको विरुद्ध अन्तराष्ट्रिय सँघर्षका महान राजनीतिज्ञको रुपमा पनि उहाँले विश्व कम्युनिष्ट आन्दोलन र विश्व क्रान्तिप्रति महान योगदान गर्नुभयो । 

पूर्व सोवियत सँघ समाजवादीवाट सामाजिक—साम्राज्यवादी मुलुकमा ,एक महाशक्ति फेरिएको र विश्व प्रभुत्वको लागी दूई महाशक्तिहरुमाझ होडबाजी चलेको तत्कालीन बस्तसगत स्थितिको वैज्ञानिक विश्लेषणको आधारमा उहाँले तीन विश्वको सिद्धान्तको प्रतिपादन गर्नुभयो । सो सिद्धान्तलाई पहिलोपल्ट माओत्सेतुङले यसरी प्रस्तुत गर्नुभयो ।“मेरो विचारमा पहिलो विश्वमा सँयुक्त राज्य अमेरिका र सोवियत सँघ पर्छन् ।दोस्रो विश्वमा जापान,युरोप र केनाडा,मध्यम अंग पर्छन् । हामी तेस्रो विश्व हौँ । तेस्रो विश्वमा विशाल जनसँख्या छ । जापानलाई छाडेर एशिया तेस्रो विश्वमा पर्छ । सम्पूर्ण अफ्रिका तेस्रो विश्वमा पर्छ र लेटिन अमेरिका पनि यसमा नै पर्छ ।”

माक्र्सवाद—लेनिनवादको सर्वव्यापी सत्यलाई विश्व क्रान्तिको ठोस व्यवहारसित मिलाएर प्रतिवादन गरिएको सो सिद्धान्त त्यसको विकासमा एक महत्वपूर्ण योगदान रह्यो । उक्त सिद्धान्तले विश्व प्रभुत्ववादको विरुद्ध सघर्षलाई बढाउन र त्यसको विरुद्ध व्यापकतामा अन्तराष्ट्रिय सँयुक्त मोर्चाको निर्माणका लागि सही निर्देशन र विश्व क्रान्तिकारी आन्दोलनका लागि आधारभूत रणनैतिक कार्यदिशा प्रदान ग¥यो । यहाँ माओत्सेतुङ एक महान अन्तराष्ट्रिय रणनीतिज्ञको रुपमा देखिनुभयो ।

सर्वहारा अन्तराष्ट्रियवादलाई दृढ रुपमा समर्थन गदै माओत्सेतुङले युद्ध तथा आक्रमणका नीतिहरु ,महाशक्ति तथा क्षेत्रीय प्रभुत्ववाद र ठूलो राष्ट्र अहँकारवादको दृढ रुपमा विरोध गर्नुभयो र तीनले अन्य देशहरुसितको सम्बन्धमा कहिले पनि प्रभुत्व नखोज्ने कुराको घोषणा गर्नुभयो । विदेश मामिलाको सम्बन्धमा उहाँले एक पूरै क्रान्तिकारी कार्यदिशाको प्रतिपादन गर्नुभयो ,र त्यो थियो विश्वका शोषित पीडित राष्ट्र तथा जनताहरुसित एकतालाई जब्बर पार्र्न ,प्रभुत्ववादी तथा विस्तारवादी प्रयासहरुको विरोध गर्ने र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरुको दृढ रुपमा अनुसरण गर्ने कार्यदिशा उहाँले नयाँ अन्तराष्ट्रिय राजनैतिक तथा आर्थिक सम्कन्धको लागी नीतिहरुको प्रतिपादन गर्नमा पनि ठूलो योगदान गर्नुभयो । 

अन्तिम तर बढी महत्वपूर्ण कुरा के भने माओत्सेतुङ विचारधाराको रुपमा माक्र्सवाद—लेनिनवादको सैद्धान्तिक खाजानामा नयाँ विचार र प्रस्थापनाहरु थपी त्यसलाई अरु समृद्ध बनाएर माओत्सेतुङले विश्व कम्युनिष्ट आन्दोलनप्रति महत्वपूर्ण योगदान गर्नुभयो । 

जनताको क्रान्तिकारी आन्दोलनको विकासक्रममा देखा परेका व्यवहारिक समस्याहरुको समाधानमा माक्र्सवाद—लेनिनवादलाई लागू गर्ने सिलसिलामा र त्यसवाट प्राप्त अनुभवहरुको विचारको रुपमा माओत्सेतुङले धेरै नयाँ विचार तथा प्रस्थापनाहरु माक्र्सवादको भण्डारमा थप्नु भएको छ । उक्त विचार तथा प्रस्थापनाहरुको समष्टि रुपनै माओत्सेतुङ विचारधारा हो र तिनले माक्र्सवाद—लेनिनवादलाई विश्व  विकास अनुरुप विकसित गरेका छन् । केही पक्षहरुमा उहाँले माक्र्सवादलाई निकै समृद्ध पार्नुभएको छ । यसका केही उदाहरणहरुलाई हामी हेरौँ । 

दार्शानिक क्षेत्रमा, माओत्सेतुङद्धारा लिखित“व्यवहारबारे” “अन्तरविरोधबारे”र अन्य दार्शनिक लेखहरु निकै महत्वपूर्ण छन् र ती माक्र्सवादको दार्शनिक चिन्तनको क्षेत्रमा ठूला योगदान हुन् । “चीनको क्रान्तिकारी युद्धमा रणनैतिक समस्याहरु”दीर्घकालीन युद्धबारे “जापान —विरोधी छापामार युद्धमा रणनैतिक समस्या” जस्ता उहाँका सैनिक कृतिहरुले माक्र्सवादको सैनिक सिद्धान्तको भण्डारालाई निकै समृद्ध र विकसित गरेका छन् । त्यस्तै नौलो जनवादी क्रान्तिका चालक शक्ति, अभिभारा, चरित्र नेतृत्व जस्ता महत्वपूर्ण सवालहरुबारे लेखिएका उहाँका कृतिहरु (उदाहरणार्थ, ‘नौलो जनवादबारे’) क्रान्तिसम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तको क्षेत्रमा ठूला योगदान हुन् । खास गरेर, चीनको जनक्रान्तिको अनुभवको निचोड निकालेर लेखिएका उहाँका कृतिहरुले उपनिवेशवाद– विरोधी क्रान्तिसम्बन्धी माक्र्सवादी धारणालाई समृद्ध र फराकिलो पारेका हुन् । आफ्नो महत्वपूर्ण कृति ‘जनताबीचका अन्तरविरोधको सही सञ्चालन’मा उहाँले समाजमा हुने दुई प्रकारका अन्तरविरोध र तिनको समाधानका उपायहरुबारे जुन विचार पूस्तुत गर्नुभयो, त्यो सााजिक अन्तरवरोधहरुको समाधान गर्ने सम्बन्धमा माक्र्सवादी सिद्धान्तको क्षेत्रमा एउटा ठूलो उपलब्धि रहेको छ । अन्य विभिन्न क्षेत्रहरुमा पनि, जस्तो कि पार्टी निर्माण, समाजवादी क्रान्ति र सामाजवादी निर्माण, विदेश सम्बन्ध आदिमा उहाँका सैद्धान्तिक योगदानहरु महत्वपूर्ण रहेका छन् । 

माओत्सेतुङका सैद्धान्तिक योगदानहरुबारे चर्चा गर्दा आधारभूत महत्वको एउटा कुरा के छ भने उहाँले माक्र्सवादी चिन्तन तरिकालाई निकै विकसित गर्नुभएको छ । सिद्धान्तलाई व्यवहासित गाँस्ने सधैं गरी विद्यमान यथार्थताको आधारबाट अघि बढ्ने र तथ्यहरुबाट सत्य पत्ता लगाउने सिद्धान्तमा उहाँ निकै जोड दिनुहुन्थ्यो र त्यसलाई उहाँले समृद्ध पार्नु भएको छ । खास रुपले ‘तथ्यहरुबाट सत्य पत्ता लाउने’ सिद्धान्तलाई माओत्सेतुङ विचारधाराको सारतत्व मानिएको छ । 

माथि उल्लेखित विभिन्न क्षेत्रहरुमा माओत्सेतुङका सैद्धान्तिक योगदानहरु निकै महान् र महत्वपूर्ण छन् र ती योगदानहरु माक्र्सवादको सैद्धान्तिक भण्डारमा नयाँ विचार र स्थापनाहरुको रुपमा थपिएका उपलब्धि हुन् । हामी जसलाई माओत्सेतुङ विचारधारा भन्छौं, त्यो उक्त थपिएका नयाँ विचार र

प्रस्थापनाहरुको समष्टि हो । उक्त थप र विकासले माक्र्सवाद–लेनिनवादलाई समृद्ध र विकसित बनाएको छ । 

विश्व कम्युनिष्ट आन्दोलनको पक्षमा माओत्सेतुङबाट गरिएका जुन योगदानहरुबारे माथि चर्चा गरिएको छ, ती अवश्य पनि विशाल, महानु र महत्वपूर्ण छन् । ती क्रान्तिका कुशल संगठनकर्ता, माक्र्सवादी विचारक तथा सिद्धान्तकार, महानु रणनीतिज्ञ तथा कार्यनीतिज्ञ र महानु सर्वहारा योद्धाको हैसियतबाट उहाँले गरेका योगदान हुन् । उहाँ सच्चा सर्वहारा क्रान्तिकारीको एक सर्वाेत्तम नमूना र सिद्धान्त तथा व्यवहारबीच एकताो कम्युनिष्ट आन्दोलनप्रति गरिएका उहाँका महान् योगदानहरुको फलस्वरुप उहाँ ठीक रुपल माक्र्स, एञ्जेल्स, लेनिन र स्टालिनको लाममा स्थापित हुनुभएको छ । उहाँको नाम विश्व श्रमजीवी जनगणले उहाँलाई कहिल्यै बिर्सने छैनन् । उहाँका काम र विचारहरु प्रगतिशील मानव जातिको लागि निर्देशन र प्रेरणाको स्रोत बनेर सधैंभरि रहिरहने छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार