• २०७६ मङ्सिर २४ मंगलबार

जंगली च्याउ खाँदा तीन दिदी बहिनीको मृत्यु

चितवन,

नवलपुरमा जंगली च्याउ खाँदा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईन्द्र बहादुर सिंह ठकुरीका छोरीहरु १३ वर्षिया निरुता, ८ वर्षिया निर्मला र ४ वर्षिया विष्णु रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

च्याउ खाँदा अन्य ७ जना बिरामी परेका छन् जसमध्ये २ जनाको अवस्था चिन्ताजनक छ । च्याउ खाएर बिरामी भएकी निरुताको टिचिङ्ग अस्पताल र निर्मला र विष्णुको भरतपुर अस्पतालमा मृत्यु भएको हो । बिरामी परेका ठकुरीकी श्रीमती धनकुमारी र अर्की १० वर्षीय छोरी निशाको अवस्था गम्भिर भएको उनीहरुका आफन्त सुमन मल्ल ठकुरीले जानकारी दिए ।

सुमनका अनुसार ८१ वर्षीय प्रेम बहादुर सिंह ठकुरी, ३० वर्षीय दान कुमारी सिंह, ४५ वर्षीय पूर्ण सिंह खाम्चा र १५ वर्षीय बिमला खाम्चा ४० वर्षीय चन्द्री खाम्चा र ७ वर्षका बालक बिरामी छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार