• २०७६ भदौ ५ बिहीबार

घरमा सुतिरहेको अवस्थामा छानामाथि टिप्पर खस्दा महिलाको मृत्यु

नुवाकोट, 

 घरमा सुतिरहेको अवस्थामा छानामाथि टिप्पर खस्दा बिहीबार नुवाकोटको ककनीमा एक महिलाको मृत्यु भएको छ ।

बा२क ६३६३ नम्बरको टिप्पर ककनी गाउँपालिका–४ सडकबाट ३ सय मिटर तल खस्दा घरमा सुतिरहेकी ५८ वर्षीया माइली तामाङको मृत्यु भएको हो । दुर्घटनामा परि टिप्परका चालक र सहचालक घाइते भएका छन् ।

घरको छानोमा टिप्पर खस्दा घाइते भएकी तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा घाइते टिप्परका चालक र सहचालको सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार