• २०७६ असोज ६ सोमबार

यू–१९ एसिया कपमा छनौट हुने नेपालको अवसर

अघिल्लो वर्ष यू–१९ एसिया कप खेल्ने नेपाली टोली

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्नुपर्ने भएको छ । आज जारी भएको खेल तालिका अनुसार समुह ए मा नेपाल सहित म्यानमार, चीन र सिंगापुर रहेको छ । समुह बी मा भने मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेको छ । आगामी असार १७ देखि २४ सम्म चल्ने यस प्रतियोगिता मलेसियामा आयोजना हुने भएको छ ।

यस प्रतियोगिताको बिजेता टोलीले आगामी भदौ ११ देखि भदौ २२ सम्म चल्ने टेष्ट राष्ट्र सम्मिलित एसीसी यू–१९ एसिया कपमा सहभागि हुने अवसर पाउनेछ ।

श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक श्रीलंका सहित, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, युएई, कुवेत र एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको विजेताले सहभागि हुन पाउनेछन् । सोही कारण नेपालले उक्त प्रतियोगितामा सहभागि हुने यहि मात्र मौका रहेको छ ।
   
एसिया कपको क्वालिफायरको रुपमा रहेको यस प्रतियोगितामा नेपालले पहिलो खेल असार १७ मा म्यानमार विरुद्ध खेल्नेछ । त्यस्तै दोश्रो खेल असार २० मा नेपालले सिंगापुरसँग खेल्ने तालिका रहेको छ भने समुह चरणको अन्तिम खेल असार २१ मा नेपालले चीनको सामना गर्नेछ ।

समुह चरणको खेल पश्चात दुबै समुहबाट शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । सेमिफाइनलको खेल भने २३ गते हुने तालिका रहेको छ । त्यस्तै फाइनल खेल भने असार २३ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार