• २०७६ असार १२ बिहीबार

४० कार्टुन अखाद्य आँप बरामद

इटहरी,  

अनुगमन टोलीले इटहरीको एउटै फलफूल पसलबाट अखाद्य ४० कार्टुन आँप बरामद गरेको छ । इटहरी उपमहानगरको बजार अनुगमन टोलीले रामनारायण शाह फ्रुट सेन्टरबाट उक्त परिमाणमा आँप बरामद गरेको हो । 

स्याम्पल टेस्ट गर्दा ती कार्टुनमा कार्बाइड भेटिएपछि आँप बरामद गरी नष्ट गरिएको उपमहानगरपालिककी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । 

कागजमा पोको पारेर कार्बाइड हालेको अवस्थामा आँपका कार्टुन पाइएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको भनाइ  छ।  कार्वाइड हालेको आँप खाँदा आँखा, छाला र पाचन प्रणालीमा असर पुर्याउने गर्छ । कार्बाइडले क्यान्सरसम्म पनि गराउन सक्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार