• २०७६ असार १२ बिहीबार

काम गर्ने शैली परिवर्तन नभए समृद्दी प्राप्त हुदैन : मुख्यमन्त्री पौडेल

दीपक पराजुली
टिभी अन्नपूर्ण, हेटौडा ।

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशमा समृद्धि हासिल गर्नको लागि काम गर्ने शैली परिवर्तन हुनुपर्ने र यही शैलीमा काम गरे समृद्धि प्राप्त नहुने बताएका छन् । हेटौडामा सुरु भएको प्रदेश परिषद्को दोस्रो बैठक उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । उनले  परिवर्तनको बाहक हौँ भनेर मात्र नहुने र यसको लागि सामाजिक आर्थिक रूपान्तरण गर्न जरुरी भएको बताए ।

मुलुकको विकास र समृद्धिको लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताउँदै नेपालको संविधान भन्दा माथि कोही पनि नभएको र स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताए । यसै गरी प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले पिछडिएका र विकासबाट वञ्चित समुदायको उन्नतिको लागि तिन वटै सरकारले बजेट विनियोजन गर्नु पर्ने बताउँदै यस्ता समुदायको उन्नतिबाट समृद्ध नेपालको नारा सार्थक बनाउन सकिने बताए । प्रदेश न.नं ३ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सालिक राम जमरकट्टेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आ आफ्ना अधिकारलाई सही ढङ्गले बुझ्न नसक्दा समस्या भएको बताए ।

संविधानले तिनै तहको सरकारको काम कर्तव्य र अधिकारबारे प्रस्ट व्यवस्था गरेता पनि विकास निर्माणको सवालमा समन्वय र सहकार्य हुन नसक्नु दुखद कुरा हो भन्दै तिनै तहको सरकारबिच सहयोग समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार