• २०७६ असार १२ बिहीबार

आइटिएफ तेक्वान्दोको वल्र्ड तथा राष्ट्रिय प्रतियोगिताको तयारी

राजु खड्का
टिभी अन्नपूर्ण, बागलुङ ।

नेपाल इन्टरनेशनल तेक्वान्दो महासङ्घको हालै बसेको केन्द्रीय समितिको बैठकले ४ राष्ट्रिय प्रतियोगिता सहित वल्र्ड च्याम्पियनसिपको तयारीमा जुट्ने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक अन्जन धमलाको अध्यक्षतामा बसेको बैठकले साउन १५ देखि २२ गतेसम्म महासङ्घको वार्षिक उत्सव विविध कार्यक्रमहरू बिच मनाउने समेत निर्णय गरेको छ । सो अवसरमा ब्ल्याक बेल्ट पहिलो, दोस्रो तथा तेस्रो डानको परीक्षा समेत काठमाडौँमा लिइने भएको छ ।

२०१९ को अगस्टमा बुल्गेरियामा हुने वल्र्ड आइटिएफ तेक्वान्दो च्याम्पियनसिप तथा आइएमजिसीको इटलीमा हुने वल्र्ड च्याम्पियनसिपमा समेत सहभागिताको लागी तयारी सुरु गर्ने निर्णय गरेको छ । साथै सेप्टेम्बरमा हुने अन्तर्राष्ट्रिय प्रशिक्षणमा पनि नेपाली प्रशिक्षकहरूले सहभागिता जनाउने भएका छन् । नेपाल आइटिएफको निमन्त्रणामा हाल काठमाडौँ रहेका ग्रान्ड मास्टर जो चोल होलाई पनि काठमाडौँ सहित देशका सबै स्थानमा पु–याएर प्रशिक्षण सञ्चालन गर्ने र सो प्रशिक्षणका लागी जिल्ला तथा डोजाङहरुलाई आवश्यक व्यवस्थापन गर्न महासङ्घले आग्रह गरेको छ ।

तेक्वान्दोका जन्मदाता जनरल चोइ होङ हीको स्मृतिमा हरेक वर्ष सञ्चालन हुँदै आएको सिनियर तथा जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता भाद्र महिनामा काठमाडौँमा सञ्चालनका लागी केन्द्रीय सदस्य रुपसिंह मोक्तानको संयोजकत्वमा समिति गठन गरिएको छ । केन्द्रीय सदस्य राजमन्दिर श्रेष्ठको संयोजनमा प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनशिप आगामी पौष १९ गते काभ्रेमा सञ्चालन हुने भएको छ । साथै आगामी मंसिरमा काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो सङ्घको आतिथ्यतामा जुनियर आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगिता फागुन महिनामा राजधानीमा सञ्चालनका लागी केन्द्रीय सदस्य गोपाल श्रेष्ठको संयोजनमा समिति गठन गरिएको छ । यसै गरी नेपाल आइटिएफका  मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठको संयोजनमा अन्तर्राष्ट्रिय रेफ्री सेमिनार काठमाडौँमा सञ्चालन गर्ने समेत निर्णय भएको महासचिव अन्जु रावतले जानकारी दिइन । बैठकले आठौँ राष्ट्यि खेलकुदमा अँइटिएफ तेक्वान्दोका प्रदेश तथा राष्ट्यि प्रतियोगिताको समीक्षा गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार