• २०७६ असार १२ बिहीबार

स्रोत नखुलेको करिब ५८ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं,

प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलबरिया बाराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बाराको सुवर्ण गाउँपालिका ७ सनफुलवास्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

सडकमा चेकजाँचको क्रममा भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा ११ पिपरा टोल बस्ने २४ वर्षका वृजकिशोर कुमार पक्राउ परेका हुन्। बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुवै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो । उनलाई बरामद नगदसहित प्रहरीले थप अनुसान्धनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार