• २०७६ असार १२ बिहीबार

मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु

अनिल पोखरेल
टिभी अन्नपूर्ण, राजविराज । 

सप्तरीको शम्भुनाथ नगरपालिका ५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्‍चिम लोकराजमार्गमा पुर्वबाट पश्‍चिमतर्फ जाँदै गरेको स७प १५८९ नं. को मोटरसाईकल दुर्घटना हुँदा खडक नगरपालिका ६ बस्‍ने २२ वर्षिय उमेश चौधरीको मृत्यु भएको हो ।

बुधबार बिहान २ बजेतिर मोटरसाइकल अनियन्त्रित भई  पुलको होडिङ बोर्डमा ठोक्किँदा चौधरी घाइते भएका थिए । उनको युनिक अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार