• २०७६ भदौ ३१ मंगलबार

एन्डोरामाथि फ्रान्सको फराकिलो जित

युरो कप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा विश्वकप विजेता फ्रान्सले एन्डोरामाथि ४–० गोलको प्रभावशाली जित निकालेको छ । मंगलबार राति समूह एचको खेलमा फ्रान्सको लागी केलियन एम्बाप्पे, बेन यडर, फ्लोरियन थाउभिन र कर्ट जुमाले गोल गरे ।

एमबाप्पेले ११औं मिनेटमा खाता खोलेका थिए । विसमले ३०औं मिनेटमा गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए । एकपछि अर्कोे गोल गर्ने क्रममा फ्रान्सले पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्न सफल भयो । योपटक भने थाउभिनले गोल गर्न सफल भए । पहिलो हाफमा ३–० ले अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ६०औं मिनेटमा जुमा गोल गर्दै फ्रान्सलाई ४–० गोलको जित दिलाए ।

जितसँगै समूह ‘एच’ मा रहेको फ्रान्स नौ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । फ्रान्सले समान नौ अंक बनाएको टर्की र आइसल्यान्डलाई गोलअन्तरको आधारमा पछि पारेको छ । एन्डोराले अंक जोड्न सकेको छैन । समूह ‘एच’ कै अर्को खेलमा आइसल्यान्डले टर्कीलाई २–१ गोलले हराएको छ । आइसल्यान्डको जितमा दुवै गोल रगनर सिगुर्सनले गरे । टर्कीका डोरुखान टोकोजले एक गोल फर्काए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार