• २०७६ श्रावण ६ सोमबार

पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि

आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । 

डच डिफेन्डर जोडी भर्जिल भान डायक र म्याथिज डे लिटले क्रिस्टियानो रोनाल्डोलाई पूरा खेल समय शान्त राखेपनि भ्यालेन्सियाका विन्गर गुडेसलाई रोक्न सकेनन् ।

गुडेसले ६० औं मिनेटमा निर्णायक गोल गरे । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा इंग्ल्यान्डले स्विटजरल्यान्डलाई हरायो । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार