• २०७६ भदौ ३१ मंगलबार

यस्तो देखियो नम्रताको एक्सनमा ‘जाइरा’ टिजर

नायिका नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को टिजर रिलिज भएको छ । भदौ ६ गतेबाट रिलिजमा आउने चलचित्रको टिजरमा नम्रतालाई मात्र देखाइएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले टिजर सार्वजनिक गरेको हो । आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठको अलवा नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी फिल्ममा खेलाडीको रुपमा रहेकी छिन्, भने अभिनेता मगर नम्रताको कोचको भुमिका छन् ।

चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा तयार पारिएको हो । कार्यक्रममा अभिनेत्री नम्रताले मार्शल आर्ट जस्तो देखिन फिल्मको लागि  धेरै मिहनत गर्नु परेको बताइन् । उनले भनिन् ‘शारिरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल समेत काटे ।’

मिक्स मार्शल आर्ट्स ‘जाइरा’को मुख्य  कथा भएको निर्देशक आशुतोष राज श्रेष्ठले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार