• २०७६ भदौ ३१ मंगलबार

पोर्चुगलमा पछिल्ला ५ महिनामा ४ को मृत्यु, शुक्रवार रिजालले ज्यान गुमाए 

पोर्चुगलमा भएको सवारी दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । राजधानी लिस्बनबाट झन्डै ३८० किलोमिटर टाढा बेजामा शुक्रवार भएको दुर्घटनामा गुल्मीको मुसिकोटका   ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको मृत्यु भएको हो ।  साइकल चढेर काममा जादैंगर्दा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएर रिजालको मृत्यु भएको हो । ठक्कर दिने मोटर साइकलका चालक पोर्चुगलकै स्थानीय डेनिस नाम गरेका चालक पनि गम्भीर घाइते भएका छन् । शर्मा  एक वर्ष अघि मात्रै पोर्चुगल आएका थिए । नेपालमा शव ल्याउन कानुनी झन्झट र खर्चिलो भएकाले पोर्चुगलमै दाहसंस्कार गर्ने तयारी भइरहेको छ । गएको ६ महिनामा मात्रै ४ नेपालीले पोर्चुगलमा ज्यान गुमाई सकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार