• २०७६ भदौ ५ बिहीबार

पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर छुटे

 भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी उक्त रकमको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको थियो । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए ।

विशेष अदालतले बुधबार नै पाठकसँग बयान लिएको थियो ।

७८ लाख घुस काण्डमा परेका अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा उपस्थित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार