• २०७६ जेठ १३ सोमबार

निजी लगानीमा माथिल्लो मादी र जोगमाई खोला आयोजना निर्माण हुँदै

निजी क्षेत्रको लगानीमा ६० मेगावाट क्षमताका २ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । अपर म्याग्दी हाइड्रोपावर प्राइभेट लिमिटेडले ५३.५ मेगावाटको माथिल्लो मादी १ र एसियन हाइड्रोपावर प्राइभेट लिमिटेडले ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजना बनाउन लागेका हुन् ।

विद्युत् विकास विभागले दुबै कम्पनीलाई आयोजनाबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन तयारी थालेको छ । आयोजनाबाट विद्युत् उत्पादनको अनुमति मागेकाले प्रक्रिया अघि बढेको विद्युत् विकास विभागले जनाएको छ । आउँदो ३५ दिनभित्र दुबै आयोजनाका प्रवद्र्धकले विद्युत उत्पादन लाइसेन्स पाउने छन् । लाइसेन्स प्राप्त गरेसँगै दुबै कम्पनीले विद्युत् उत्पादन सुरु गर्ने छन् ।

माथिल्लो म्याग्दी आयोजना गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित मालिका र धवलागिरी गउाँपालिका भएर बग्ने म्यादीखोलामा पर्छ । नदीको वहाव (रन अफ दी) रिभर प्रकृतिको आयोजनाबाट वार्षिक ३१ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययले देखाएको अपर म्याग्दीले जनाएको छ ।

आयोजनाको ग्रसहेड १९६ मिटर रहेको छ । आयोजनाको मुख्य संरचना खोलाको बायाँ र बाँधस्थल म्याग्दी र मुदी खोलाको दोभानभन्दा ८० मिटर तल छ । २७.५ मेगावाटका दुईटा भर्टिकल एक्सेस फ्रान्सिस् टर्वाइनमा पानी खसालेर विद्युत् उत्पादन गरिने भएको छ । आयोजनाबाट २०८२ असार २ गते बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

उत्पादन हुने बिजुली १३२ केभी क्षमताको डाँडाखेत सवस्टेशनमा जोडिने छ । यस्तै इलाम नगरपालिका वडा नम्बर १० मा रहेको तल्लो जोगमाई खोला आयोजनाबाट वार्षिक ३ करोड ५९ लाख २० हजार युनिट बिजुली उत्पादन हुने एसियनले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली गोदक सवस्टेशनमा जोडिने छ । आयोजनाबाट २०७८ भदौ १ गते हुने प्रस्ताव गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार