• २०७६ जेठ १३ सोमबार

घुँडाबाट रगत बगिरहँदा पनि निरन्तर ब्याटिङ गर्ने यी खेलाडी जसले सबैको मन जिते

 इन्डियन प्रिमियर लिग (आईपीएल) मा आईतबार राती सम्पन्न फाईनल खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ४८ रन बनाएपछि झिनो अन्तरले उपाधि जित्न चुक्न पुग्यो ।

फाइनल खेलमा मुम्बई र चेन्नईबीच निकै उतारचढाव भयो। खेल कतिबेला चेन्नईको पक्षमा जालाजस्तो हुन्थ्यो फेरि कुनैबेला मुम्बईको पक्षमा फर्किन्थ्यो। अन्तिम बलसम्म पनि निकै रोमाञ्चक भएको उक्त खेलमा अन्तत मुम्बईले बाजी मार्‍यो। चेन्नईका लागि ओपनर शेन वाटशनले ८० रन बटुलेपनि टोलीको हार टार्न सकेनन् । वाटशनले देब्रे (बाँया) घुँडामा चोट लागेर रगत बगिरहँदा पनि ब्याटिङ गरिरहेको खुलसा भएको छ ।

मैदानमा हुँदासम्म उनले यो कुरा टिम र साथी कसैलाई पनि थाहा दिएका थिएनन् । निरन्तर ब्याटिङ गरिरहे । जब वाटशन अन्तिम ओभरको चौथो बलमा रन आउट भएर पेभिलिएन फर्के बल्ल थाहा भयो की उनको खुट्टामा ठूलो चोट पो लागेको रहेछ । जुन खुट्टामा अहिले ६ ओटा टाँका लगाईएको भारतीय मिडियाहरुले बताएका छन् । तर वाटशनको कति ओभरमा र के कारणले चोट लाग्न पुग्यो भन्ने खुल्न सकेको छैन । महेन्द्र सिंह धोनी, फाफ डु प्लेसिस, सुरेश रैना र आम्बाती रायडु सस्तैमा आउट भएको अवस्थामा चेन्नईको अन्तिम आसा र भरोसा वाटशनमाथिनै थियो ।

जसको कारण उनले खुट्टाको चोटलाई वेवास्ता गर्दै ब्याटिङ गरेका हुनसक्छन् । रगतले उनको टाउजरनै भिजि रहेको थियो । जुन तस्विरमा प्रष्ट देखिन्छ । तर दुर्भाग्य भन्नुपर्छ उनको यो हिम्मत र लगावले उनको टोलीलाई जिताउन सकेन तर समर्थक र शुभ चिन्तकको भने उनले मन जित्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार