• २०७६ भदौ ३१ मंगलबार

चट्याङ लागेर ६ जना घाइते

 म्याग्दीको मालिका गाउँपालिका–२ बिलवाङमा सोमबार चट्याङ लागेर ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । 

घरभित्र बसिरहेका मिराकुमारी, टकसरा, बिवस, खगेन्द्र, कमानसिङ र पवित्रा पुन घाइते भएका छिमेकी नोटबहादुर पुनले बताए ।

घाइतेलाई उपचारका लागि बिलबाङदेखि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए ।

‘घाइतेहरुलाई दरवाङ लैजान गाउँपालिका र प्रहरीको टोली अदिभारामा आएर गाडी सहित तयारी भएर बसेका छौँ,’ पाण्डेले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार