• २०७६ बैशाख १० मंगलबार

युक्रेन निर्वाचन: राष्ट्रपतिले जब खाली मञ्चमा एक्लै 'बहस' गरे

युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोले आफ्ना प्रतिद्वन्द्वी तथा व्यङ्ग्यकार भोलोदिमिर जेलेन्स्की अनुपस्थित भएपछि खाली मञ्चमा एक्लै बहस गरेका छन्। कार्यक्रममा उनी नआएपछि पोरोशेन्कोले राजधानी किएफस्थित ओलिम्पिक रङ्गशालामा हजारौँ मानिसको अगाडि एक्लै बोले।

टेलिभिजनमा निर्वाचनबारे आयोजित एउटा बहसमा सहभागी हुन राष्ट्रपति पोरोशेन्को र जेलेन्स्की गत हप्ता सहमत भएका थिए। तर मितिबारे भने सहमति हुन सकेको थिएन। जेलेन्स्कीले मतदानको दुई दिनअघि अर्थात् शुक्रवार टेलिभिजन बहसमा आउन खोजेको थिए।

 पहिलो चरणको चुनावमा १६ प्रतिशत मात्रै मत ल्याएका राष्ट्रपति पोरोशेन्कोले टेलिभिजन बहसमा जेलेन्स्की अनुपस्थित भएपछि त्यसबाट लाभ लिन चाहेको बताइएको छ । टेलिभिजन बहसमा पूर्वव्यापारी पोरेशेन्कोले आफ्ना प्रतिद्वन्द्वीसँग राजनीतिक अनुभव नरहेको कुरा उठाउन खोजेका थिए ।

तर मञ्चमा ४५ मिनेट लामो पर्खाइलाई राष्ट्रपति पोरोशेन्कोले पत्रकारका प्रश्नको उत्तर दिन र कार्यक्रममा अनुपस्थित आफ्ना प्रतिद्वन्द्वीको आलोचना गर्न उपयोग गरका छन् । भ्रष्टाचारजस्ता मुद्दासँग जुझ्न पर्याप्त काम नगरेको आरोप खेपिरहेका पोरोशेन्कोले निर्वाचन अभियानलाई एउटा ‘आवाजविहीन चलचित्र’को संज्ञा दिएका छन् भने जेलेन्स्कीमाथि तर्सिएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार