• २०७६ बैशाख १० मंगलबार

नयाँ वर्षलाई सेयर बजारको स्वागत, बजार ४.७० अंकले बढ्यो

नयाँ बर्षलाई सेयर बजारले स्वागत गरेको छ । वर्ष २०७६ को दोस्रो दिन ९बैशाख २० सेयर बजारमा हरियाली देखिएको छ । बजार ४.७० अंकले बढेर नेप्से परिसूचक११८८.७१ बिन्दुमा अडिएको छ ।

यसदिन  ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव १३ अंकले बढेर २ सय ५४ दशलमव ७७ को बिन्दुमा पुगेर बन्द भएको छ । सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता ५२२ रुपैयाँमा २ करोड ७५ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबार १ सय ६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता शेयर खरिदबिक्री भई ३० करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ७ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वाधिक गुमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ६ दशमलव ८९ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा उपपरिसुचकहरुमा ६ वटा समूहहरु बढेका छन् भने ४ वटा समूहरु घटेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार